उच्चपदस्थ व्यक्तिसँग आफ्नो सम्पर्क छ भन्दै अमेरिका पठाउने प्रलोभन देखाएर ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी सुर्खेत छिन्चु गाविस घर भई बालाजु बस्ने ४७ वर्षीय भागचन्द्र महरलाई सार्वजनिक गरेको छ । महरले सेन्टल इन्भेस्टिगेसन फोर्स प्रालि नामक अफिस खोली आफूसँग नेपाल र भारतका विशिष्ट व्यक्ति बसेको फोटो देखाई ठगी गर्दै आएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्बेन्द्र खनालले जानकारी दिए । खनालका अनुसार कम्युटरबाट आफ्नो फोटो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि नेपालका प्रधानमन्त्री सुशील कोइरालासम्मको फोटो आफ्नो फोटोमा जोडेर बनाइएको फोटोलाई कार्यालयमा झुण्डाएर आफ्नो पहुँच यी व्यक्तिसँग छ भन्दै उनले प्रतिव्यक्ति १५ लाख उठाउँदै आएका थिए ।
0 comments:
Post a Comment