बुधबार रातिको अविरल वर्षाले भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा रहेका भूकम्प पीडितको शिविर डुबाएको छ। ८ सय ५० जना बस्दै आएको उक्त शिविरमा डुबेपछि भूकम्प पीडितको विचल्ली भएको छ। अहिले बसबै पीडितहरूलाई सुरक्षित स्थानमा सारिएका छ।
यस्तै स्थानीय हनुमन्ते खोलामा आएका बाढीले भक्तपुरको च्यामासिंह-जगाती सडक खण्ड अवरूद्ध भएको छ। बाढीले भक्तपुरको सिद्धि स्मृति अस्पतालमा पनि बाढी पसेको छ। बाढीले अस्पतालको भुइँतलामा पानी जमेको छ। विरामीहरू अस्पतालको माथिल्लो तलामा रहेकोले खासै समस्या नभएको अस्पतालले जनाएको छ। यस्तै भक्तपुरको सृजना नगर, राधेराधे, सल्लाघारी, जगाते र आदर्शनगर क्षेत्रमा बाढी पसेर जनजीवन प्रभावित पारेको छ।
बाढे आएपछि उक्त क्षेत्रमा जताततै जलाम्य भएको छ। हेर्नुहोस् फोटो र भिडियोमा
-सेतोपाटि बाट
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment