Monday, August 24, 2015

प्रहरी मारिनु अघि रामजनम चौधरीले भनेका थिए, ‘सरकार तिमीसँग कति छ गोली ? गृहयुद्ध खोजेको ? (भिडियो सहित)’


काठमाडौं, ७ भदौ । कैलालीको टिकापुरमा २१ जनाको ज्यान जानु अघि सोमबार दिउँसो मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव तथा सभासद् रामजनम चौधरीले कैलालीमा ५० हजार थारु प्रदर्शनमा उत्रेको भन्दै सरकारसँग कति हतियार छ भनी प्रश्न गरेका छन् । रिपोर्टर्स क्लव नेपालले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रमुख ३ दलले मनपरी गरेको भन्दै कैलाली तथा कञ्चनपुरप्रति बेवास्ता गरेको आरोप लगाएका थिए । सो अवसरमासरकारले गृहयुद्ध निम्त्याउन खोजेको हो ? भन्दै उनले प्रश्न गरेका थिए । उनको सो भाषण सकिँदा नसकिँदै कैलालीको टिकापुरमा प्रदर्शनकारीहरुले घरेलु हतियार प्रयोग गरी एसएसपी सहित १८ जना सुुरक्षाकर्मीको ज्यान गएको छ भने ३ जना नागरिकको पनि मृत्यु भएको छ । करिब ५० जना प्रहरी घाइते भएका छन् । -मिडिया एनपी न्युज बाट

0 comments:

Post a Comment