स्थानीय प्रशासनले रौतहट सदरमुकाम गौरमा कर्फ्यु लगाएको छ। घरेलु हातहतियार सहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार साढे ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो। झडपमा प्रहरीले चलाएको रबरको गोली लागि २८ जना घाइते भएका छन्। आन्दोलनकारी र सुरक्षाकर्मी समेत गरी ४० जना भन्दा बढी घाइते भएका छन्।
झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरी एक दजर्न बढी घाईते छन्। आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास र केही राउण्ड रबरको गोली प्रहार गरेको थियो।
स्थिति नियन्त्रणबाहिर गएकाले कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment