टीकापुरमा भएको हिंसात्मक घटनापछि कैलालीमा शान्तिसुरक्षाको स्थिति थप बिग्रन नदिन स्थानीय प्रशासनले सदरमुकाम धनगढी नगर क्षेत्रमा आज पनि निषेधाज्ञा लगाएको छ । आज बिहान ११ देखि साँझ ६ बजेसम्मको समयमा धनगढी नगर क्षेत्रमा निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । यसअघि बुधबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा साँझ ६ बजे फुकुवा गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले सामाजिक सद्भाव र मेलमिलाप कायम गराउन सहयोग गर्न सबैलाई अपिल गरेका छन्। लगातार लगाइएको निषेधाज्ञाका कारण यस क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment