Saturday, August 29, 2015

नायिकाबाट गायिका बनिन् प्रियंका ( गीतको भिडियो हेर्नुस )


काठमाडौं । मोडलिङमा प्रवेस गर्दाताक प्रियंका कार्कीले सोचेकी थिइनन् ब्यस्त नायिका बन्छु भनेर । पछिल्लो समय चलचित्र उद्योगकी ब्यस्त नायिका प्रियंका कार्कीको अर्को पनि परिचय थपिएको छ गायिका । उनको भनाई अनुसार सानैदेखि अभिनय र नृत्यसँगै गायनमा समेत रुची थियो । एसएलसी पछि पढाईमा बढी फोकस हुनुपर्ने भन्दै अभिनयमा बढी केन्दि्रत भईन् । अभिनय संगै नृत्यले नीरन्तरता पाएपनि गायनलाई भने चटक्कै छाडिन् । ‘एसएलसीपछि पढाइमा केन्दि्रत हुनु पर्ने भएकाले अभिनयलाई मात्र अगाडी बढाएँ अब बिस्तारै गायनलाई पनि अगाडी बढाउछु ।’ उनले भनिन् । पछिल्लो पटक ‘तिम्ले त हैन… बोलको गीतमा प्रियंकाले स्वर दिएकी छिन् । यो गीतको ओर्जिनल भर्जनमा बच्चु कैलाशको स्वर नातीकाजीको संगीत र क्षेत्रप्रताप अधिकारीको शब्द रहेको छ । प्रियंकाले गाएको उक्त गीतको भिडियो समेत बनिसकेको छ छ । शैलेश श्रेष्ठको एरेन्ज रहेको यस गीतमा सोनाम पाखि्रनको गीतार रहेको छ । भिडियोलाइ सुशन प्रजापतिले खिचेका हुन् भने सम्पादन उज्वल ढकालले गरेका छन् । टाईनी बट बिग पिक्चर्सले भिडियो तयार पारेको छ । प्रियंकाले गीत गाएको यो नै पहिलो पटक भने होईन । यसअघि नै चलचित्र ‘आवरण’ मा एउटा गीत गाएपछि धेरैवाट सुझाब पाएकी थिईन् । ‘रियाज गरेर गाउ, राम्रो स्वर रहेछ ।’ शुभचिन्तकहरुले त्यसो भनेपछि फुर्सदको समय गायनका लागि खर्चिन थालिन् । अहिले उनी भिडियो एल्बम निकाल्ने तयारीमा छिन् । संगीतमा पोख्त भएर नभई इच्छा पुरा गर्नका लागि एल्बम निकाल्न लागेको प्रीयंकाको भनाई छ ।

0 comments:

Post a Comment