हरेक बर्ष तीजको गीत बजारमा ल्याउँदै आएकी गायिका सावित्री जोशीले यसपटक पनि ‘उडी आयो रानी चरी’ बोलको गीत बजारमा ल्याएकी छिन् । उनको स्वरमा समावेश यो गीतको म्यूजिक भिडियो छायांकन भएको छ । भिडियोमा मोडलद्धय सुष्मा अधिकारी र प्रिया शर्माको साथमा निर्देशक अमर जोशीले नृत्य गरेका छन् । शिव हमालले यो गीत कोरेका हुन् भने गायनमा पनि उनले सावित्रीलाई साथ दिएका छन् । मोडल सुष्माले भिडियो राम्रो बनेको बताइन् । नेपाली चलचित्रमा समेत अभिनय गरेकी सुष्मा ठूलो पर्दा भन्दापनि लोकगीत, आधुनिक गीतका भिडियोमा नै देखिने गरेकी छिन् । तीजको गीतमा नेपाली चलचित्रका चर्चित नायिकाले पनि मोडलिङ गर्ने लोभ गर्ने गरेका छन् । यो बर्ष पनि सय भन्दा बढी तीजका गीतको म्यूजिक भिडियो भन्ने अपेक्षा गरिएको छ । तर, तीजको गीत केही सफल भएपनि अरु भने रहरकै लागि निकालिएको पाइन्छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment