Sunday, August 2, 2015

फाँसी चढ्नु अघिको ४ घण्टामा के के गरे याकुबले ?


साउन १७ गते
सन् १९९३ मा भारतको मुम्बईमा भएको बिस्फोटका दोषी याकुब मेमनलाई केही दिनअघि नागपुर जेलमा फाँसी दिईयो । फाँसीमा चढाईएको दिन याकुबको ५२ औं जन्मदिन थियो र उनी त्यस दिन बिहानै ३ बजे उठेका थिए ।
उठेपछि उनले नुहाए र नयाँ कपडा फेरे । बिहान ३ः२५ बजे उनलाई नास्ता दिईएपनि उनले खान इन्कार गरेका थिए । त्यसपछि याकुबले ३ः४० बजे नमाज पढ्नका लागि जेल प्रशासनसँग अनुमति मागेर नमाज पढेका थिए ।
त्यसपछि उनले कुरान पनि पढे । बिहान ४ बजे चिकित्सकले याकुबको स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षणपछि ४ः३५ बजे उनलाई जेलबाट बाहिर निकालिएको थियो ।
५ बजे फाँसी दिने ठाउँमा लगियो र ६ः१३ बजे फाँसीका लागि तयारी अवस्थामा राखियो । बिहान ७ बजे उनको अनुहार कालो कपडाले ढाकी झुड्याएर याकुबलाई मृत्युदण्ड दिईएको खबर इन्डिया टिभीले जनाएको छ । साभार नेपाल रिपोटर्सबाट

0 comments:

Post a Comment