एजेन्सी नयाँ दिल्ली, साउन १७
सलिम खानले आफ्ना छोरा सलमान खान प्रतिष्ठित हैसियतमा भएका कारण याकुब मेमन प्रकरणको निशानमा परेको बताएका छन् । एक भारतीय च्यानलसँगको कुराकानिमा उनले भाजपा नेता आशिष शेलारलाई यस मुद्दाको जिम्मेदार ठहराएका छन् ।
सन् १९९३ मा बम्बई बमकाण्डमा मुछिएका कारण गत मंगलबार फाँसी पाएका याकुब मेमनका विषयमा फाँसीको केही दिन अघि सलमान खानले ट्विटरबाट बम्बई बम प्रकरणमा याकुबका दाई दोषी भएकोले याकुबलाई मृत्युदण्ड दिन नहुने बिचार राखेका थिए । सलमानको सो ट्विटले भारतीय प्रशासनिक संयन्त्रमा हंगामा मच्चाएको थियो र सलमान विवादसँगै धेरैको निशानामा परेका थिए ।
यसै प्रकरणमा सलमानका पिताले भनेका छन्,‘म स्पष्ट तरिकाले भन्न सक्छु । मेरो छोरालाई विवादमा ल्याउनुमा भाजपा नेता आशिष सेलारको हात छ । उनलाई जब मौका मिल्छ तब उनी सलमानसँग युद्ध गर्न तम्सिइहाल्छन् ।’
सलिमले फिल्म जगतको हस्ती भएका कारण सलमानसँग निशाना साँध्नेलाई मज्जा आउने बताउँदै सलमानको कमजोरीका बारेमा पनि बोलेका छन्,‘याकुब प्रकरणमा बोल्नु नै सलमानको ठूलो कमजोरी थियो । यसका बारेमा उसलाई पूर्ण जानकारी नै छैन । यस्तो संवेदननशिल विषयमा टिप्पणी गर्नुृ नै मुर्खता हो । धेरै मानिस याकुबलाई फाँसी हुनुपर्छ भनेर बोलिरहँदा बचाउने कुरा गर्दा उसको सफलतालाई नै निशाना बनाइयो ।’
यसैबीच सलिमले मुस्लिम समुदायले शिक्षामा ध्यान दिनुपर्ने पनि बताएका छन् । उनले एक धर्मावलम्बीले अर्को धर्मावलम्बीलाई सम्मान गर्न जान्नु नै धर्म सच्चा निरपेक्षता हो भनेका छन् ।
0 comments:
Post a Comment