Thursday, August 27, 2015

रोमाञ्चक खेल खेल्दै नेपाल यू १९ साफ फुटवलको फाइनलमा प्रवेश


काठमाडौँ, भदौ १० । यु १९ साफ फुटवल प्रतियोगिताको पहिलो सेमिफाइनल जित्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । एन्फा मैदान सातदोबाटोमा सम्पन्न खेलमा अफगानिस्तानलाई ३ २ले हराउँदै नेपाल फाइनलमा पुगेको हो। नेपाललाई जिताउन अञ्जान विष्टले २ गोल गरे भने सुनिल बालले १ गोल गरेका थिए । नेपालका तर्फबाट खेलको ३४औं मिनेटमा पहिलो गोल गरेका विष्टले ३९औं मिनेटमा अर्को गोल पेनाल्टीमार्फत गरेका हुन्। त्यस्तै अफगानिस्तानका मेदी रेजाइले ७२औं मिनेटमा गोल गरेका थिए। दोस्रो सेमिफाइनलमाा खेल केही बेरपछि दिउँसो ३ बजे भारत र बंगलादेशबीच खेल हुने छ।





0 comments:

Post a Comment