Thursday, August 27, 2015

२२ वर्षीय युवाले हल्लाइदिए गुजरात, यस्तो छ उनको जीवनकथा


गुजरात, भदौ १० । भारतको गुजरात राज्यले यतिबेला विशाल जनप्रदर्शन झेलिरहेको छ । गुजरातका पाँच सहरमा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ भने एसएमएस सेवामा समेत रोक लगाइएको छ ।
केही दिनदेखि जारी प्रदर्शनका क्रममा आठजनाको मृत्यु भइसकेको छ भने कयौं घाइते भएका छन् । दर्जनौं सवारी साधनमा तोडफोड र आगजनी भएको छ । गुजरात भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक आधार थलो हो । त्यसैले पनि गुजरातमा हाल भइरहेको विरोध प्रदर्शनले राष्ट्रियस्तरमा बहस चलाइरहेको छ ।
दुई महिना अघिसम्म २२ वर्षीय हार्दिक पटेललाई उनकै टोलछिमेक र सहपाठीबाहेक धेरैले चिन्दैनथे । तर ती युवक अहिले गुजरात आन्दोलनको नाइके बनेका छन् भने उनको आह्वानमा लाखौं युवा सडकमा होमिएका छन् ।

एक मध्यम परिवारमा जन्म लिएका उनी अहमदावादको चन्द्रनगर गाउँमा बस्दै आएका छन् । कमर्समा स्नातक गरेका उनले ‘आरक्षण’ सम्बन्धी प्रावधानका कारण आफू अवसरबाट वञ्चित भएपछि आफ्नो समुदाय (पटेल) का लागि पनि आरक्षणको माग गर्दै आन्दोलन थालेका हुन् ।

0 comments:

Post a Comment