बलात्कारपछि खुवाइएको हर्पिकले उनको कलेजो र फोक्सो ‘ड्यामेज’ भएको थियो । सिरहाको मौवाली–२ रबौरकियाही घर भएकी १४ वर्षीया बालिका अन्जना (नाम परिवर्तन)लाई गत १२ वैशाखमा उनी काम गर्ने लहानस्थित राकेश होटेल एन्ड लजका कुक विनोद बस्नेतले बलात्कार गरेका थिए । बलात्कारपछि उनलाई ट्वाइलेट सफा गर्ने हर्पिक खुवाएर ३७ दिनसम्म होटेलमै बन्धक बनाइएको थियो ।
वीर अस्पतालमा उपचारका क्रममा आइतबार उनको मृत्यु भएको हो । सिरहास्थित सामाजिक संस्था मुक्ति नेपालकी उपाध्यक्ष रेणु कर्णका अनुसार बलात्कार भएको ३७ दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो ।
परिवारलाई त्रास देखाएर पीडित बालिकालाई होटेलमै बन्धक बनाइएको उनले बताइन् । होटेल मालिक नथुनी साह पनि त्यसमा संलग्न थिए । ‘बालिकामाथि बलात्कार गरियो । मार्नका लागि हर्पिक खुवाइयो, तर बाँचिन् । प्रहरीमा उजुरी पर्ने डरले ३७ दिनसम्म बन्धक बनाएर राखियो, ता कि हद म्याद नाघोस् र बालिकाले उजुरी गर्न नपाओस्,’ कर्णले भनिन् । हद म्याद नाघेपछि मात्रै उनलाई परिवारको जिम्मा लगाइएको थियो ।
0 comments:
Post a Comment