Thursday, August 27, 2015

वडा नं ६को ट्रिजर रिलिज


काठमाडौं । कलाकार दिपक राज गिरी र दिपा श्री निरौलाको चलचित्र वडा नं ६ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार बुढासुब्बाको युवटुब मार्फते ट्रेलर सार्वजनिक गरीएको हो । एक मिनेट ५५ सेकेन्डको ट्रेलर चलचित्रका महत्वपुर्ण दृश्यहरु समेटिएका छन् । आगामी असोज १ गते प्रदर्शनमा आउने यो चलचित्रमा दिपकराज गिरी , दिपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे -माग्नेबुढो डककम), कुञ्जना घिमिरे, ताराचन्द्र बजगाई, सुमन गिरीको लगानी रहेको छ । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको ‘वडा नं ६’मा दीपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, सीताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राईलगायतको अभिनय छ । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उपत्यका बाहिरका एफडी कम्पनीले वितरण गर्न लागेको चलचित्रमा नृत्य गम्भीर विष्ट, द्वन्द्व रोशन श्रेष्ठ, संगीत सुगम पोखरेल, राजनराज शिवाकोटी र छायांकन दीपक बज्राचार्यको रहेको छ ।

0 comments:

Post a Comment