काठमाडौं, भाद्र १० । बिहिबार पनि गोरखा केन्द्रविन्दु भएर परामक्प गएको छ । बिहान ६ बजेर ७ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै आज राती नै १२ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि ४ रेक्टर माथिका ३ सय ८० भन्दा धेरै पराकम्पन गइसकेका छन् । त्यस्तै हिजो दिउँसो पनि १ बजेर ३१ मिनेटमा हुम्ला केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।
0 comments:
Post a Comment