Monday, August 3, 2015

७६ करोड ११ लाखमा बनेकाे पुलकाे प्रधानमन्त्रीले गरे उद्घाटन


प्रधानमन्त्री सुशील कोइरालाले सुनसरी र उदयपुरलाई जोड्ने सप्तकोसी नदीमा निर्मित पुलको आज यहाँ आयोजित एक विशेष समारोहमा उद्घाटन गरे । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौँडा सडक खण्डअन्तर्गत उदयपुरको मैनामैनी गाविस र सुनसरीको बराह क्षेत्र गाविसमा उक्त पुल निर्माण गरिएको हो । एसियाली विकास बैंक (एडिबी)को अनुदान तथा नेपाल सरकारद्वारा संयुक्त रुपमा लगानी भएको उक्त पुल ७६ करोड ११ लाख १३ हजार ५०१ मा निर्माण सम्पन्न भएको हो । बाढीजन्य क्षति पुनःनिर्माण आयोजनाअन्तर्गत निर्मित उक्त पुलमा एडिबीको ६० र नेपाल सरकारको ४० प्रतिशत लगानी भएको छ । दुई सय ६१.३ मिटर लामो र १०.५ मिटर चौडा उक्त पुल पाँच वर्षअघि निर्माण सुरु भएको र निर्धारित समयमै पूरा भएको हो । रासस

0 comments:

Post a Comment