Friday, August 7, 2015

दीपा र प्रियंकासँग ‘सुर्के थैली’ माग्दै ‘माग्ने बुढा’ र दीपक ?(भिडियो)


चलचित्र ‘वडा नम्बर ६’को टिमलाई चटारो पर्न थालेको छ । असोज १ गते प्रदर्शन मिति तय भएको यो चलचित्रको प्रदर्शन समय नजिक आउन थालेपछि कलाकारहरु पनि दौडधुपमा व्यस्त देखिएका हुन् । शुक्रबार चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र दिपकराज गिरी प्रमोशनका लागि विभिन्न मिडियामा पुगे । चलचित्रकी निर्मात्री दीपाश्री भने गीत सार्वजनिक गर्नमा नै व्यस्त देखिइन् । चलचित्रको पहिलो गीत ‘वाइयात लभस्टोरी’ पछि अब लोक लयको ‘सुर्के थैली’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा चलचित्रका सबै कलाकार देखिएका छन् । गीतमा स्वर, शब्द र सङ्गीत राजनराज शिवाकोटीको छ । अन्जु पन्त र राजु विश्वकर्माले पनि यो गीतमा स्वर दिएका छन् । यो गीतमा दिपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, केदार घिमिरे, सिताराम कट्टेल, जीतु नेपालको साथमा निर्मात्री दीपाश्री निरौला देखिएका छन् । चलचित्रको बिषयवस्तुको बारेमा अझै पनि खुलाइएको छैन । अब केही दिनमा नै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी गरिएको निर्मात्री दीपाश्री निरौलाले बताइन् । असोज १ गते प्रदर्शन मिति भएकाले पनि अब हतारो भएको दीपाको भनाई छ । उनले, आफूहरुले प्रमोशनका लागि नयाँ नयाँ तरिका अपनाउने बताइन् । उज्ववल घिमिरेको निर्देशनमा बनेको यो चलचित्रमा निर्मल शर्मा, दिपकराज गिरी र दीपाश्री निरौलाको लगानी छ ।

0 comments:

Post a Comment