सलमान खानले सो गीत आधा रातमा रेकर्ड गरेका छन् । हुन त उनले यसअघि ‘किक’ का लागि गाएको ‘ह्याङओभर’ बाट स्वरको जादुयी देखाइसकेका छन् । फिल्मको प्रिप्रोडक्सनमा सलमानले गीत गाउने कुनै कुृरा ननस्किँदा हाल एक्कासी उनमा किन सनक चढ्यो त ?
फिल्म युनिटका साथमा सुटिङका फुटेज हेर्दै जाँदा जब उनले पहिलो ‘कट’ देखे त्यसपछि उनलाई एक्कासी सोच आयो,‘यसका टाइटल सङ मै गाउँछुृ ।’ सोचेर फैसला पनि लिए तर, रात छिप्पिसकेकाले सबै रेकर्डिङ स्टुडियोहरु बन्द भइसकेका थिए ।
त्यसपछि उनले फोन गरेर स्टुडियो खुलाए र गीत रेकर्ड गरे । लगभग पाँच घण्टामा रेकर्डिङ सकिएपछि उनी उनी खुसी हुँदै सबैलाई ब्रेकफाष्ट ‘ट्रिट’ पनि दिए । अमाल मलिकको संगीतमा तयार भएका ‘मे हूँ तेरा हिरो’ बोलको उक्त गीत सलमानका लागि फेवरेट भएको पनि बताइन्छ ।
0 comments:
Post a Comment