काठमाडौं, भदौ ३ – प्रहरी इन्काउन्टरमा घाइते भएका ‘गुण्डा नाइके’ कुमार लामा ‘घैंटे’ मारिएका छन् । काठमाडौंको सामाखुशी नजिक बिहीबार बिहान प्रहरीको गोली लागेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा ज्यान गएको हो । प्रहरीका अनुसार लामाको समूहले प्रहरीलाई देख्ने बित्तिकै फायरिङ गरेपछि प्रहरीले गोली चलाएको हो । उनका अरु दुईजना सहयोगी पनि गोली लागेर घाइते भएका छन् । विभिन्न आपराधिक घटनामा संलग्न लामा प्रहरीको मस्ट वान्टेट सूचीमा थिए ।
0 comments:
Post a Comment