Saturday, August 1, 2015

के हो ‘ब्ल्याक होल’, वैज्ञानिकहरु भन्छन्–‘सूर्य, पृथ्वी सबैलाई निल्न सक्छ’,


के हो ‘ब्ल्याक होल’, वैज्ञानिकहरु भन्छन्–‘सूर्य, पृथ्वी सबैलाई निल्न सक्छ’, विस्तृत पढ्नुस्
काठमाडौं । ‘ब्ल्याक होल’ । अन्तरिक्षमा जे–जति र जसलाई पनि आहारा बनाउने र जति खाए पनि नअघाउने ‘अन्तरिक्षको एक दानव’का रुपमा परिचित ।

त्यसले आफू नजिक आएका तारा, ग्रहलगायत अन्तरिक्षका सबै वस्तुहरु, यतिसम्म कि प्रकाशलाईसमेत निलिदिन्छ भन्छन् वैज्ञानिकहरु । अनि, पृथ्वीलगायत अन्य सबै ग्रहहरु पनि ब्ल्याक होलको मुखमा पुग्नेछन् र भविष्यमा कुनै दिन यो कुरा यथार्थमा परिणत हुनेछ भन्नेमा वैज्ञानिकहरु विश्वस्त छन् ।

उनीहरुका अनुसार अमेरिकी अन्तरिक्षमा टेलिस्कोप ‘हब्बल’ले अन्तरिक्षमा वृश्चिक तारामन्डलको बाटो हुँदै सूर्यतर्फको दिशामा आउँदै गरेको एक ब्ल्याक होललाई ठम्याएको छ । हाम्रो आकाशगंगा तारापुञ्जमा त्यस्ता धेरै ब्ल्याक होलहरु रहेको र तिनीहरुले तारापुञ्जको ० दशमलव १ प्रतिशत भाग ओगटिरहेको कुरा वैज्ञानिक तथ्य नै रहेको छ ।

वैज्ञानिकहरुका अनुसार सूर्यतर्फ लम्कँदै आइरहेको 'GROJ 11655-40' नामक ब्ल्याक होल ६ हजार प्रकाश वर्ष अर्थात् ३ लाख किलोमिटर टाढा रहेको छ । यो प्रतिघन्टा ४ लाख किलोमिटरको गतिमा अगाडि बढिरहेको छ । यो ब्ल्याक होल जब सूर्य नजिक आइपुग्छ, तब निश्चित छ, यसले सूर्यलाई निल्नेछ । यसले सूर्यबाहेक पृथ्वीलगायत अन्य सबै ग्रहहरुसमेतलाई निल्ने कुरामा कुनै शंका छैन । हब्बल टेलिस्कोपबाट अन्तरिक्षको अध्ययन गरिरहेका वैज्ञानिकहरु अहिले यो निष्कर्ष निकालिरहेका छन् ।

तर, मानवजातिलाई त्यस ब्ल्याक होलबारे अध्ययन गर्न अझै करौडौं वर्षको समय बाँकी नै छ । ब्ल्याक होल अचम्मको मात्र होइन, रहस्यमय पनि छ । वैज्ञानिकहरुले यसबारे निरन्तर अध्ययन गरिरहेका छन् ।

वैज्ञानिकहरुका अनुसार ब्ल्याक होल चरम गुरुत्वबल भएको वस्तु हो । जसको सीमाभित्र पर्दा प्रकाशसमेत बाहिर निस्कन सक्दैन । त्यसकारण ब्ल्याक होल अदृश्य हुन्छ । यो त्यस्तो बिन्दू हो, जहाँबाट कोही पनि फर्कंदैन । त्यसैले यो अन्तरिक्षमा रहेको गरुत्वाकर्षणीय भुमरी हो, जसको पिँध हुँदैन र यसमा कुनै वस्तु खस्दा त्यसले कहिल्यै सतह भेट्दैन ।

यसले गर्दा यसमा खसेको वस्तु त्यस भुमरीबाट बाहिर निस्कने सम्भावना कहिल्यै रहँदैन । (एजेन्सी)

0 comments:

Post a Comment