Saturday, August 1, 2015

रौतहटमा बालिका बालात्कृत, वीरगन्जमा उपचार हुँदै


रौतहट– रौतहटमा बालिका बलात्कार भएको घटना डेढसाता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको शिकार भएकी छन्। स्थानीय पतौरा गाविस–६ मौलापुर दलित बस्तीकी १० वर्षीया बालिकालाई गाउँकै १८ वर्षीय राधेशयाम पटेलले बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ। बलात्कृत बालिकाको गुप्तांग च्यातिएको र अत्यधिक रक्त श्राव भएपछि गरुडास्थित हेल्थ ल्याण्ड क्लिनिकमा उपचार हुन नसकेपछि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको । उपचारका लागि वीरजञ्जको नारायणी अस्पताल भर्ना गरिएकी बालिकाको त्यहाँ पनि उचार हुन नसकेपछि हाल वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जयसवालले बताए। घाइते बालिकाको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ । शुक्रवार साँझ घाँस काट्न गएको बेला बालिकालाई अभियुक्त पटेलले नजिकैको उखु घारीमा लगी मुख थुनेर जबरजस्ती करणी गरेका थिए। पटेलले जबरजस्ती गर्दा बालिका चिच्याएको आबाज आएपछि स्थानीय उखुबारीमा पुगेका थिए। स्थानीय पुग्दा बालिकालाई छोडेर अभियुक्त पटेल फरार भएको स्थानीयबासीले बताएका छन्। 'बालिकाकाे अवस्था खतरामुक्त छ,' उपचारमा संलग्न नेशनल मेडिकल कलेज अकस्मिक कक्षका डाक्टर कलाम अन्सारीले भने, 'बालिकाको गुप्तांग ०.५ सेन्टिमिटर च्यातिएको छ।' डाक्टर अन्सारीका अनुसार गुप्तांग सुनिनुका साथै रगतसमेत जमेको छ । अत्यधिक रक्त श्राव भएकोले बालिकाको शरीरमा 'ए' पोजिटिभ ग्रुपको चार पाउण्ड रगत चढाउनु पर्ने भएको छ । अस्पतालसँग एक पाउण्ड रगत मात्रै रहेकोले थप ३ पाउण्ड रगतको अभाव भएको उनले बताए । रगत चढाउने काम भइरहेको भइरहेको र बालिका खतरा मुक्त रहेको समेत अकस्मिक कक्षका डाक्टर अन्सारीले नागरिक न्युजलार्इ बताए । फरार अभियुक्त पटेलको खोजीकार्य भइरहेको तथा घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको इप्रका गरुडाका प्रहरी निरीक्षक जैसवालले बताए । यसअघि साउन ७ गते जिल्लाको विश्रामपुर ९ बलेरी टोलकी १४ वर्षीया एक बालिकालाई गाउकै १८ वर्षीय मनोज रामले जवरजस्ती करणी गरेर फरार भएपनि हालसम्म दोषीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

0 comments:

Post a Comment