Wednesday, August 5, 2015

यौन व्यापारमा संग्लग्न भारतीय अभिनेत्री रंगेहात पक्राउ




मुम्बई । मुम्बई पुलिसले २७ वर्षिय टिभि अभिनेत्रीलाई देह व्यापारको आरोपमा पक्राउ गरेको खबर भारतीय खबर साइट जागरण डटकमले लेखेको छ । टेलिभिजनमा कार्यरत अभिनेत्री र उनका एजेन्टलाई मंगलबार राति मुम्बई प्रहरीको समाज सेवा शाखाले शबरी होटलवाट पक्राउ गरेको हो । अभिनेत्री यौन धन्दामा लागेको सूचना पाएपछि प्रहरीले १५ हजारमा दिने भन्दै नक्कली ग्राहक बनि उनलार्ई पक्राउ गरेको जनाएको छ । हिरोइनको नाम खुलाइएको छैन् । उनका एजेन्ट राज उपाध्यायलाई पनि प्रहरीले पक्राउ गरेको छ । गिरफतार पछि उनलाई मुम्बइको अम्बोली प्रहरी कार्यलयमा थप अनुसन्धान भइरहेको बताएको छ । पछिल्लो समय भारत लगायतका देशमा कलाकारितामा जम्न नसकेका हिरोइनहरु यौनधन्दाबाट आफ्नो खर्च जुटाउने गरेको पाइएको छ ।

0 comments:

Post a Comment