सुर्खेत, भदौ १२ - अरिङगालको टोकाईबाट पश्चिम सुर्खेतको बेतानमा १ जना बालकको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । मकैबारीमा खेल्न गएका एकै घरका तीन भाइवहिनीलाई अरिङगालले टोकेकोमा ३ बर्षका विज्ञान सुनाखरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
विज्ञानलाई उपचारका लागि विजौरा ल्याउने क्रममा ज्यान गएको गाउँकै नम्रता थापाले जानकारी दिनुभयो । यस्तै ५ बर्षकी डिम्पल र ७ बर्षकी सलिना अरिङगालले टोकाइबाट घाइते भएका छन । घाईते २ जनाको अवस्था सामान्य रहेकाले घरमै उपचार चलिरहेको उहाँले बताउनुभयो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment