Sunday, August 23, 2015

घरमा कोही नभएको बेला छोपेर छिमेकीले नै गर्छन् बालीकालाई बलात्कार



सिरहा, भदौ ६ । मुलुकमा महाभुकम्प गएपछि बलात्कारका घटना दिन प्रतिदिन बढीरहेका छन् । जसको पछिल्लो शिकार बनेकी छिन् लाहानकी एक किशोरी । घरमा खाना पकाइरहेको मौका छोपी १० वर्षीया बालिकालाई करणी गर्न खोज्ने ति व्यक्ती थिए ६५ वर्षीय एक वृद्ध । उनी सिरहा जनकिनगर–७ का मोहम्मद पलट मिया हुन् । जसलाई लाई प्रहरीले पक्राउ गरेर कारवाही अगाडी बढाएको छ ।

बालीकाको जाहेरीको आधारमा मियालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । हिजो विहान घरमा कोही नभएको बेला खाना पकाइरहेकी बालिकालाई पछाडिबाट समातेर मुख थुनी भूँइमा लडाएर करणी गर्न खोज्दा बालिका चिच्याइकी र छिमेकीले थाहा पाउने भन्दै उनी भागेका थिए । प्रहरीका अनुसार पछिल्लो समय घरम कोही नभएको मौका छोपी जाने बुझेकै छिमेकीले बलात्कार प्रयासका घटना पछिल्लोका उजुरी बढी परेका छन् ।

0 comments:

Post a Comment