Sunday, August 30, 2015

फेरी उकालो लाग्यो सुनको भाउ



ताजा खबर, काठमाडौं । केही दिन यतादेखि तलमाथि भइरहेको सुनको भाउ साताको पहिलो दिन तोलामा १ सय रुपैयाँका दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको ५० हजार ७ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

त्यस्तै चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलामा ६ सय ७५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

0 comments:

Post a Comment