
काठमाडौं १६ साउन
एकीकृत नेकपा माओवादीका मधेसी नेताहरुले मधेसका मुद्दा संविधानमा सम्वोधन नभए पार्टी छाडेर आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार बिहान पार्टी नेतृत्वलाई भेटी मधेसी नेताहरुले संविधानमा मधेससँग जोडिएको सवाल नसमेटिए पार्टीबाट बाहिर रहेर आन्दोलन गर्ने चेतावनी दिएका हुन् । एमाओवादीको मधेसी राष्ट्रिय मुक्ति मोर्चाको संयोजक रामकुमार शर्माको नेतृत्वमा गएको मधेसी नेताहरुको टोलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सयुक्त रुपमा भेटेर उनीहरुले मधेसका सवाल सम्वोधन गर्न दवाव दिएका हुन् । शर्माको नतृत्वमा नेता रामचन्द्र झा, प्रभु साह लगायतका करिव एक दर्जन नेताहरु दवाव दिन संसदीय दलको कार्यालय सिंहदरबारमा वुगेका थिए । । उनीहरुले नागरिकतामा मधेसी नागरिक माथि विभेद हट्नुपर्ने, सिमांकन सहितको संविधान आउनुपर्ने, सबै क्षेत्रमा समावेसीताको ग्यारेन्टी गरिनुपर्ने, मधेस क्षेत्रका लागि छुट्टै संवैधानिक आयोग बन्नुपर्ने लगायतका माग राखेर ध्यानाकर्षण गराएका छन् ।
संविधानको मस्यौदामा मधेसका केही मुद्दालाई सम्वोधन गर्न नसकेको र मधेसी नागरिकमाथि विभेद गरिएकाले नेतृत्वको ध्यान आकर्षण गराइएको संयोजक शर्माले बताए । उनले सकेसम्म धेरैले मान्ने गरि संविधान ल्याउन सुझाव दिएको पनि बताए । मधेसी नेताहरुसँगको छलफल पछि एमाओवादी अध्यक्ष प्रचण्डले मधेसका मुद्दालाई संविधानमा समेट्ने प्रतिवद्धता जनाएका छन् ।
‘अहिले संविधानमा नागरिकका सुझाव समेट्ने विशेष समितिको संयोजक नै हाम्रो पार्टीका बरिष्ठ उपाध्यक्ष बाबुराम जी हुनुहुन्छ’ प्रचण्डको भनाई उदृत गर्दै छलफलमा सहभागि एक नेताले भने ‘सकेसम्म हामी अनुसार नै संविधान बनाउने प्रयत्नमा छौ ।’ उनले सीमांकन सहितको संविधान ल्याउने प्रयत्न भइरहेको पनि बताए ।
धर्मका विषयमा पार्टी विपरित माग !
धर्मका विषयमा मधेसी नेताहरुले पार्टीको अडान विपरितको माग गरेका छन् । पार्टी नेतृत्वले मस्यौदामा रहेको धर्म निरपेक्षातामा अडान राखेपनि मधेसी नेताहरुले नागरिकको सुझावका आधारमा नै अघि बढ्नुपर्ने बताएका छन् । नागरिकहरुका तर्फबाट धार्मिक स्वतन्त्रता राख्नुपर्ने विषयमा अभिमत आएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment