सम्मानित खेलाडी एवम् प्रशिक्षकलाई खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष एवम् सभासद् गणेश थापा र मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सम्मान गर्नुभएको थियो । सम्मानित हुनेले जनही रु एक लाख पाएका छन् । खेलकुदमन्त्री पौडेलले फुटबलमा पाएको सफलताले नेपालको प्रतिष्ठा बढेको बताउनुभयो ।
उक्त प्रतियोगिताको फाइनल खेलमा नेपाली युवा टोलीले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई पराजित गर्दै उपाधि चुमेको थियो । यही भदौ ३ देखि १२ गतेसम्म काठमाडौँमा सञ्चालन भएको उक्त प्रतियोगिताबाट नेपालले २२ वर्षपछि फुटबल खेलमा उपाधिको खडेरीलाई तोडेको थियो ।
0 comments:
Post a Comment