भाद्र १५, वीरगञ्ज । वीरगञ्जमा कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका थप चार जनाको मृत्यु भएको छ । वीरगञ्जको लक्ष्मनुवा चौकमा मंगलबार दिउँसो भएको झडपमा घाइते तीनै जनाको उपचारकोक्रममा मृत्यु भएको छ । गोली लागेर घाइते दीनानाथ शाह र भोलाप्रसाद शाहको उपचारकोक्रममा अस्पतालमा मृत्यु भएको नेशनल मेडिकल कलेजका ईञ्चार्ज दिलिप शाहले जानकारी दिए । यसैगरी नगुवा चौकमा भएको झडपमा स्थानीय सोहन कलवारको घटनास्थलमै मृत्यु भएको हो । वीरगञ्जमा सोमबार एकजनाको मृत्यु भएको हो । झडपमा फोरम लोकतान्त्रिक केन्द्रीय सदस्य अमेरीलाल पाल राउत र चतुरी राउतसहित एक दर्जन घाइते भएका छन् । अमेरीलाल र चतुरीको अवस्था गम्भीर छ । यसैबीच स्थानीय प्रशासनले दिउँसो साढे साढे दुई बजेपछि वीरगञ्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । वीरगञ्ज उपमहानगरपालिका-१६ राधेमाई क्षेत्रमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । गोली लागि मृत्यु हुनेमा धर्मराज सिंह छन् । गोली लागि अरु तीन जना घाइते छन् । घाइतेमध्ये चतुरी तिवारीको अवस्था चिन्ताजनक रहेको छ। घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइहरेको छ। मंगलबार बिहानैदेखि भएको झडपमा अहिलेसम्म घाइते हुनेको संख्या ८ पुगेको छ । सोमबार पनि वीरगन्जमा एकजनाको गोली लागेर मृत्यु भएको थियो
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment