Tuesday, September 1, 2015

काठमाण्डुको बानेश्वरमा तनाव, प्रदर्शनकारीलाई अश्रु ग्यास र पानीको फोहोरा


भाद्र १५, २०७२- हिन्दु राष्ट्र माग गर्दै संविधानसभा क्षेत्र नयाँ बानेश्वर प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि तनाव उत्पन्न भयो ।

खुमबहादुर खड्का नेतृत्वको हिन्दु राष्ट्र अभियानका कार्यकर्ताले पूर्वी क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहोरा हानेको हो ।

बानेश्वरको पश्चिम क्षेत्रमा भने राप्रपा नेपालका कार्यकर्ता धर्नामा बसेका छन् । त्रिपुरेश्वरबाट संविधान सभा घेराउ गर्ने भन्दै राप्रपाको जुलुस बानेश्वर आइपुगेको हो ।

0 comments:

Post a Comment