कलैया, १५ भदौ । संयुक्त मधेसी मोर्चा र प्रहरीबीच आज दिउँसो यहाँ झडप भएको छ । झडपमा प्रहरीले चलाएको रबरको गोली लागेर केही आन्दोलनकारी घाइते भएका छन् ।
मधेस बन्दको आज १७ औँ दिन दिउँसो कलैयाको भरत चोकमा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको बताइएको छ । घाइते आन्दोलनकारीको कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ ।
अहिले कलैयाको अवस्था तनावग्रस्त छ । रासस
0 comments:
Post a Comment