बारा: सदरमुकाम कलैयामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। गोली लागेर कलैया नगरपालिका–१० का हिफाजत अन्सारीको घटनास्थलमा नै मृत्यु भएको हो। आन्दोलनकारीले प्रहरीले उनको छातीमा नै गोली हानेको बताएका छन्। मंगलबार बिहानैदेखि प्रदर्शन चर्किएपछि कलैयाको भरतचोकमा प्रहरीले गोली चलाएको थियो। गोली लागेर अरु धेरै प्रदर्शनकारी घाइते भएका छन्। यसअघि हिजो प्रहरीले चलाएको गोली लागेर वीरगञ्जमा पनि प्रदर्शनकारीको मृत्यु भएको थियो। त्यसपछि वीरगञ्जमा कर्फ्यु लगाइएको छ। बारामा पनि आजदेखि आन्दोलन उत्तेजित देखिन थालेको प्रशासनको भनाई छ। मंगलबार बिहानदेखि मोर्चाका कार्यकर्ताले भरतचोक, मछरहटा चोक, बालमन्दिर चोक लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। ती क्षेत्रमा प्रहरीले प्रदर्शन नियन्त्रणका लागि अश्रुग्यास र हवाइ फायर गरेको छ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment