काठमाडौं, भदौ १६ –आज बिहान दोलखा केन्द्रविन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५२ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको हो । वैशाख १२ गतेपछि ४ रेक्टर स्केलमाथिका ३ सय ८६ भन्दा धेरै परकम्प गैसकेका छन् । ठूलो भूकम्पपछि साना परकम्प आउनु स्वभाविक भएकाले सतर्क हुन तर नआत्तिन विज्ञले आग्रह गर्दै आएका छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment