काठमाडौं, भदाै १६ - काठमाडौंको लैनचौरमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ । तीव्र गतिमा रहेको बा ६७ प ९५५८ नम्बरको मोटरसाइकलले बुधबार बिहान पैदलयात्री सशस्त्र प्रहरीका जवान २५ वर्षका बलराम खतिवडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करपछि गम्भीर घाइते भएका खतिवडाको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा ज्यान गएको हो । मोटरसाइकल चालकले जाँडरक्सी खाएर गाडी चलाएकोे प्रहरीले जनाएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment