ललितपुरस्थित एन्फा कम्प्लेक्सको बुधबार मैदानमा भएको खेलमा सुदूरपश्चिमाञ्चलले जगदम्बा लुम्बिनीलाई ३–१ ले हराउँदै दोस्रो जितसहित अंक तालिकामा सुधारसमेत गरेको छ ।
सुदूरपश्मिाञ्चलबाट खेल्दै चर्चित स्ट्राइकर विमल घर्तीमगरले राष्ट्रिय लिगमा ‘डेब्यु’ गर्दै गोलसमेत गरेका छन् ।
यस्तै, सुदूरपश्चिमाञ्चलका लागि दिनेश राजवंशी र रमन थापाले एक–एक गोल दिलाए । विमल पहिलो खेलमै म्यान अफ द म्याच घोषित भए ।
जितसँगै सुदूरपश्चिमाञ्चल ९ खेलबाट १० अंकसहित छैटौं स्थानमा उक्लिएको छ । लुम्बिनी भने ९ खेलबाट ४ अंकका साथ तालिकाको पुछारमा छ ।
बुधबारै भएको अर्को खेलमा विराटनगरमा स्थानीय मोरङ फुटबल टिमले शीर्ष स्थानको झापा–११ सँग गोलरहित बराबरी खेलेको छ ।
यो बराबरीसँगै झापा ९ खेलबाट १७ अंकका साथ शीर्ष स्थानमा कायमै रहँदा मोरङ ८ खेलबाट ४ अंकका साथ आठौं स्थानमा रहेको छ ।
0 comments:
Post a Comment