लहानबाट चामल (राशन) बोकेर चोहर्वा जाँदै गरेको नयाँ गोरख गणको बा.१ ग १९१३ नम्बरको नेपाली सेना सवार ट्रक बेलुका ५ बजेतिर अचानक सडक छेउमा पल्टिएको हो । दुर्घटनामा सैनिक जवान सालिकराम सिलवाल र कुलबहादुर घर्तीको मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सैनिक हेलिकप्टरबाट काठमाडौं लगिएको छ । अन्य घाइतेको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए ।
गाडी तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
0 comments:
Post a Comment