साँझ ७ बजेपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठकपछि पूरै संविधानलाई दुई तिहाईले पारित गर्न मत विभाजन गरिनेछ। प्रमुख दलहरु एकै ठाउँमा भएकोले सहजै दुई तिहाईभन्दा बढी मत पुग्नेछ।
त्यसपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई पदेन अध्यक्ष रहने आनुसंगिक समितिले पारित भएका धाराहरुको क्रम मिलाउने काम गर्नेछ। सो समितिमा कार्यव्यवस्था परामर्श समितिले तोकेका चार जना सदस्य रहनेछ।
समितिले संविधानलाई क्रम मिलाएर अन्तिम रुप दिएपछि नेपाली कागजमा पाँच प्रति छाप्नेछ।
असोज १ गते शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म संविधानसभा भवनको ल्होत्से हल संविधानको सबै ५ प्रतिमा सभासदहरुले हस्ताक्षर गर्नेछन्।
हस्ताक्षर सकिएपछि संविधान सभा अध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्नेछन् भने असोज ३ गते साँझ ५ बजे हुने समारोहमा राष्ट्रपति डा. रामवरण यादवले जारी गर्नेछन्।
0 comments:
Post a Comment