Wednesday, September 16, 2015

'असोज ३ कालो दिन' राजेन्द्र महतो


जनकपुर, भदौ ३१

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले मधेसी जनताको अधिकारलाई कुण्ठित गरी ल्याउन लागिएको संविधानलाई असोज ३ गते देशभरी जलाइने र त्यो दिनलाई कालो दिवसका रुपमा मनाउने बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 
बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरी  सद्भावना पार्टीका अध्यक्ष महतोले मधेसी जनताको अस्तित्व, पहिचान र अधिकार सम्बोधन नहुने यो संविधानलाई दुई तिहाई जनताले अस्वीकार गर्ने दाबी गरे ।

0 comments:

Post a Comment