काठमाडौं, भदौ १५ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘सडकबाट संविधान बनाउन खोज्नेहरुलाई लोकतन्त्रविरोधी’को संज्ञा दिएका छन् ।
अनेरास्ववियुको थारु र मधेसी राष्ट्रिय कमिटीले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले संविधानसभाबाट संविधान जारी गरेको देख्न नचाहनेहरुले लोकतान्त्रिक जनमतलाई स्वीकार नगरेको जिकिर गरे ।
/कार्यक्रममा युवा विद्यार्थीहरुले हिंसात्मक आन्दोलन गर्न छोडर वार्ताबाट समाधान खोज्न आन्दोलनकारीहरुलाई आग्रह गरेका थिए ।
0 comments:
Post a Comment