बारा, भदौ १५ । बारा र पर्सामा प्रर्दशनका क्रममा मृत्यु हुने प्रर्दशनकारीको संख्या ५ पुगेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।
बाराको प्रसौनी–८ को ठुलो नौतनका दिनानाथ साह र भोला साह तेलीको गोली लागेर ज्यान गएपछि मृत्यु हुनेको संख्या ४ पुगेको हो । लक्षुमनवा चोकमा प्रहरीले चलाएको गोली लागि उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।
यसअघि हिजो पनि वीरगंजकै रामराजा पुल नजिक आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर सोहन साह कलवारको ज्यान गएको थियो । उता पर्सामा पनि एक आन्दोलनकारीको मृत्यु भएको छ ।
स्थानीय प्रशासनले जारी गरेको र्कफ्रु उलघंन गरेपछि प्रहरीको गोली लागी उनीहरुको मृत्यु भएको हो । घटनाको थप विबरण आउन बाँकी छ । त्यस्तै जनकपुरको रेल वे स्टेशनमा पनि प्रर्दशनकारी र प्रहरीबिच झडप भएको छ । झडपमा १ दर्जन आन्दोलनकारी घाइते भएका छन् ।
0 comments:
Post a Comment