Tuesday, September 1, 2015

काठमाडौँका भिआइपी क्षेत्रमा सुरक्षा सर्तकता बढ्यो, जुलुस निकाल्न मनाही


काठमाडौं भदौ १५ । मुलुकभरका विभिन्न स्थानमा आन्दोलन र हडतालको दर बढीरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौँका भिआइपी क्षेत्रमा सुरक्षा सर्तकता बढाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको सरकारी निवास शीतलनिवास आसवासको थप स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यलय काठमाडौँले जनाएको छ ।त्यस्तै उपराष्ट्रपति कार्यालय, सभामुख निवास आसपासमा पनि निषेधित लागू गरिएको छ ।

बानेश्वरको संविधानसभा भवन र सिंहदरबार आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधित क्षेत्र बढाइएको प्रशासनले जनाएको छ । थप गरिएको निषेधित क्षेत्र सोमबारबाट लागू गरिने छ । यि क्षेत्रमा अब जुलुस निकाल्न, भिडभाड गर्न मनाही छ ।

0 comments:

Post a Comment