Tuesday, September 1, 2015

कुवेतलाई ८३ रनले पराजित गरेसँगै नेपाल एशिया कपमा छनोट



काठमाडौँ, भदौ १५ । यू १९ एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालद्धारा कुवेत ८३ रनले पराजित भएको छ । मलेसीयामा सम्पन्न खेलमा दुई सय ५१ रनको विशाल चुनौती पाएको कुवेतले सबै ओभर खेलीसक्दा पनि जम्मा एक सय ६७ रन माज्ञ जोड्न सक्यो ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ५० रन बनायो । यसअघि खेलेका तीन खेल मध्ये दुईमा जित र एकमा हार बेहोरेको नेपालले आजको जितसँगै नेपालले शीर्ष तीनमा रहँदै १९ वर्षमुनिको एसिया कपमा छनोट भएको छ ।

नेपालको यु–१९ क्रिकेट टिम एक खेल खेल्न बाँकी छँदै एसिया कपका लागि छानिएको हो । ६ टोली सहभागी प्रतियोगितामा चार खेलबाट शतप्रतिशत नतिजाका साथ अफगानिस्तान शीर्ष स्थानमा रहँदा रन रेटमा मलेसियालाई पछाडि पार्दै ६ अंकका साथ नेपाल दोस्रो स्थानमा छ ।

समान दुई अंकका कुवेत र युएई क्रमशः चौथो र पाँचौं स्थानमा रहँदा अंकविहीन साउदी अरेबिया पुछारमा छ । शीर्ष तीनमा रहेका टोली एसिया कपका लागि छानिएका छन् । लिगको अन्तिम खेलमा नेपालले बिहीबार साउदी अरेबियासँग खेल्नेछ ।


0 comments:

Post a Comment