बारा, भदौ १५ । बाराको कलैयामा मंगलबार भएको झडप प्रहरीको गोली लागि घाइते भएका कलैया–१० रंगपुरका हिफाजत मिंया अन्सारीको मृत्यु भएको छ । उनको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको हो ।
आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीचको झडपले बारा मंगलबार तनावग्रस्त बनेको छ । प्रहरी र प्रदर्शनकारीबीच बाराको विभिन्न ठाउँठाउमा झडप भइरहेको छ ।
/>
झडपका क्रममा प्रहरीले रबरको गोली चलाउँदा कलैयामा केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको कलैयास्थित अस्पतालमा उपचार भइरहको छ ।
प्रदर्शनकारीले परवानीपुरमा तेल बोकेको ना३ख ८७२१ नम्बरको ट्रकमा आगजनीसमेत गरेका छन् । प्रहरीले दर्जनौं राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ
बन्दकर्ताले बाराको राजमार्गको थुप्रै स्थानमा पोल, ढुंगा राखेर सडकमा अवरोध पुर्याएका छन् । विभिन्न स्थानमा टायर बालेर प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।
कलैयामा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बाराको भरतचोकमा पनि आन्दोलनकारी लाठीसहित बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।
-इमेज खबर बाट
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment