Wednesday, September 16, 2015

आक्रमणको प्रयास भएपछि मन्त्री आचार्य यसरी भागे (भिडियो सहित)


काठमाडौं, ३० भदौ । कानुनमन्त्री नरहरि आचार्यमाथि आक्रमणको प्रयास भएको छ । काठमाडौंको खुलामञ्चमा हिन्दूवादी युवाहरुको आमरण अनशन तोडाउन जानेक्रममा मन्त्री आचार्यमाथि आक्रमणको प्रयास भएको हो । हिन्दू राज्यको माग गर्दै हिन्दूवादी चार युवा १७ दिन देखि आमरण अनशनमा बसिरहेका छन् । सरकारका तर्फबाट ति युवाहरुको अनशन तोडाउन जाने क्रममा हिन्दुवादी युवाहरुले आक्रमणको प्रयास गरेका हुन् । मन्त्री आचार्यमाथि आक्रमणको प्रयास भएपछि सो क्षेत्र अहिले तनावग्रस्त भएको छ । अनसन तोडाउने सरकारको प्रयास पनि असफल भएको छ । -स्रोत मिडिया एन पी

0 comments:

Post a Comment