तर, अमेरिका जाने चाहना पूरा हुन निकै कठिन छ । अमेरिकाले आफ्नो देश आउन चाहने धेरैलाई भिसा नै दिँदैन् । पाउनेहरूले पनि निकै समय कुर्नुपर्छ ।
अब भने अमेरिकाले सहजै भिसा दिन थालेको छ । विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरी अमेरिकाले भिसा प्रक्रियालाई केही खुकुलो बनाएको हो ।
नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आवश्यक प्रमाण पुगेका नेपाली नागरिकले अब एक हप्ताभित्रै अमेरिका प्रवेशको भिसा पाउन थालेका छन् ।
तर, त्यो भिसा ‘स्टुडेन्स भिसा’ हो । अमेरिकामा पढ्न तथा रोजगारी गर्न चाहने नेपाली युवालाई आवश्यक प्रक्रिया पुराए तत्कालै ‘स्टुडेन्ट भिसा’ दिने गरेको दूतावासले जनाएको छ ।
नेपालबाट ‘स्टुडेन्ट भिसा’मा विद्यार्थीलाई अमेरिका पठाउँदै आएका निजी शैक्षिक संस्थाहरूले पनि आवश्यक प्रक्रिया पूरा गरे अमेरिकाको भिसा एक हप्ताभित्रै प्राप्त गर्न सकिने जनाएका छन् ।
उनीहरूका अनुसार अंग्रेजी भाषा परीक्षाहरू (टोफेल, आइल्स, जी–म्याट, जीआरई, स्याट–१, स्याट–२) मध्ये कुनै एक उत्तीर्ण गरे नेपाली विद्यार्थीले सजिलै अमेरिकी भिसा पाउँछन् ।
‘स्टुडेन्स भिसा’मा अमेरिका छिर्ने नेपालीलाई कलेजले नै अनिवार्य रोजगारी दिने गर्दछ । ३ देखि ५ वर्षसम्मका लागि पाइने यो भिसा पश्चात आवश्यक प्रक्रिया पुराए अमेरिकाले ग्रीन कार्डसमेत दिन्छ ।
पछिल्लो समय नेपालीहरू ‘स्टुडन्स भिसा’मार्फत अमेरिकाका न्यूयोर्क, वाशिंटन, टक्सास, आइबा, कोलोराइडलगायतका सहरमा पढ्न र रोजगारी गर्न जाने गरेका छन् ।
विशेषगरी भाषागत ज्ञान भएका नेपालीका लागि ‘स्टुडेन्ट भिसा’मार्फत अमेरिका छिर्न सजिलो भएको निजी शैक्षिक संस्थाका सञ्चालकहरू बताउँछन् ।
यसैविषयमा अन्तर्राष्ट्रिय जगतमा नेपाली विद्यार्थीलाई ‘स्टुडेन्ट भिसा’मार्फत पढ्न र रोजगारी गर्न पठाउँदै आएको नेपालको एक निजी शैक्षिक संस्था अनुपम एजुकेशनका म्यानेजिङ डाइरेक्टर रवि अग्रहरीसँग गरिएको कुराकानी जस्ताको तस्तै :
रवि अग्रहरी, म्यानेजिङ डाइरेक्टर, अनुपम एजुकेशन
पहिलो कुराः अमेरिका जान चाहेका तर, भिसा नपाएका नेपालीले अब ‘स्टुडेन्ट भिसा’ मार्फत सहजै जान सक्नेछन् । दोस्रो कुराः अमेरिकामै पढ्न चाहेका तर, भिसा नपाएका नेपाली विद्यार्थी झन् सजिलो भएको छ । उनीहरूको त योग्यता हुन्छ, प्रक्रिया पुराए एक हप्तामै भिसा पाउँछन् । यहाँ स्टुडेन्ट भिसा भएकाले एजुकेशनको क्वालिटीको कुरा आउँछ । सबै प्रक्रिया पुगेको छ र विद्यार्थीमा क्वालिटी छ भने उसले शतप्रतिशत छात्रवृति पनि पाउँछ । अहिले अमेरिकाले नेपाली विद्यार्थीलाई विशेष प्राथमिकता समेत दिएको छ ।
अमेरिका जाने नेपाली विद्यार्थीको रोजाई भनेको रोजगारी हुन्छ । रोजगारी त कलेजले आफैँ दिन्छ । जसबाट विद्यार्थीले आफ्नो पढाई खर्च, खानबस्नलगायत सबै खर्च मेन्टेन गर्न सक्छ । अर्काे कुरा अधिकांश नेपाली विद्यार्थी त्यहाँ(अमेरिका) पुगेर म्यानेजमेन्ट, इन्जिनियरिङ विषय पढ्छन् । यी विषयहरू पढ्नु भनेको पढाइ पश्चात अमेरिकामै राम्रो कम्पनीमा जागिरको बाटो खुल्ला गर्नु हो । पढाइ सकिएपछि वर्किङ भिसा हुँदै ग्रीन कार्ड पाउने बाटो पनि खुल्ला हुन्छ । तर, यो बीचमा केही शर्तहरू हुन्छन् । ती शर्तलाई पूरा गर्नुपर्ने हुन्छ ।
विद्यार्थी भएर अमेरिका छिर्न चाहिने भनेको भाषागत ज्ञान नै हो । जति बढी भाषामा ज्ञान हुन्छ त्यती नै सहुलियत हुन्छ । सामान्यता ‘स्टुडेन्ट भिसा’मार्फत अमेरिका छिर्न १० हजार डलर लाग्ने गरेको छ । त्योभन्दा बढी खर्च कलेज र सहरअनुसार हुन्छ । विभिन्न तथ्याङ्क अनुसार बर्सेनि १० हजार नेपालीले अमेरिकाको भिसा पाउँछन् । समग्रमा भन्दा अमेरिकाले नेपालीलाई अहिले ठूलो अवसर दिएको छ । भिसामा प्रोत्साहन गरेको छ । अरु देशभन्दा सजिलो बनाइदिएको छ ।
0 comments:
Post a Comment