झापा: झापाको बिर्तामोडमा आज बिहान निर्माणाधीन घरको छतबाट खस्दा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।
भारत विहारका ३५ वर्षीय मोहमद कालिन घरबाट खस्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
उनी बिर्तामोड नगरपालिका–६ स्थित सुब्बा चोकमा भानु सिवाकोटीको निर्माणाधीन घरको दुईतला माथिबाट झरेको प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए।
0 comments:
Post a Comment