काठमाडौं : अन्ततः लेडी गागा मनकारी देखिएकी छन् आफ्ना बोल्ड पहिरन र गायकीले चर्चामा आउने यी अमेरिकी गायिकाले भूकम्पपछि नेपालको पुननिर्माणका लागि राष्ट्रसंघिय नियोग युनिसेफले गरेको प्रयत्नमा सहयोगी हात अघि बढाएकी हुन्।
उनले नेपालको च्यारिटीका लागि विश्वचर्चित ब्रान्ड अलेक्जेन्डर म्याकविनद्वारा निर्माण भएको बुटलाई २ लाख ९५ हजार अमेरिकी डलर (३ करोड २६ लाख)मा खरिद गरेकी हुन्। उनले तीनजोडी बुट किनेको समाचार एमटीभीले लेखेको छ।
गागाले बुटका लागि तिरेको उक्त मूल्य युनिसेफमार्फत नेपालको पुननिर्माणमा लगानी हुने पश्चिमा संचारमाध्यमले जनाएका छन्। ब्राजिलस्थित युनिसेफले आफ्नो अफिसियल फेसबुकमार्फत यस्तो जानकारी दिएको हो।
उनले इन्स्ट्राग्राममार्फत बुट लगाउन लागेका फोटो पनि सेयर गरेकी छन्। उनले यसअघि नै उक्त बुट लगाए पनि नेपालको च्यारिटीका लागि भन्दै पुनः खरिद गरेको एमटीभीले जनाएको छ।
0 comments:
Post a Comment