Tuesday, August 11, 2015

भदौको दोस्रो साता संविधान, तेस्रोमा ओली नेतृत्वमा सहमतिको सरकारः पौडेल


नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले ढिला भए पनि भदौको दोस्रो साताभित्र संविधान जारी भएर तेस्रो साताभित्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनिसक्ने दावी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सरकार निर्माणको विषयमा दलहरुवीच पहिला नै मोटामोटी छलफल भईसकेकोले त्यसमा विवाद नरहेको दावी गर्दै भने-सरकार निर्माणको विषयमा दलहरूबीच सहमति बनिसकेको छ। नेकपा एमालेका अध्यक्ष एवम संसदीय दलका नेता केपी शर्मा ओलीले नेतृत्व गर्ने विषयमा कुनै कन्फ्यूजन छैन। पौडेलले संविधान जारी हुनासाथ सरकार बन्ने र त्यो सरकारमा सबै दललाई सहभागि गराएर राष्ट्रिय स्वरुप दिन नेकपा एमाले हदैसम्म लचिलो भएर प्रस्तुत हुने स्पष्ट पारे। उनले संविधान निर्माण भएपछि राजनीतिक आन्दोलन सकिने र मुलुकको एउटै लक्ष्य पुर्ननिर्माण र नवनिर्माणमाफर्त मुलुकलाई समृद्ध बनाए हुने भन्दै त्यसकोलागि सबै दलहरु मिलेर जानु पर्ने आवश्यकता रहेकोमा जोड दिए।


हरेकको आ-आफ्नै बुझाई र मुल्य मान्यता रहेकोले संविधानसभामा सीमांकनसहितको अन्तिम प्रतिबेदन आईसकेपछि विरोध हुनु स्वभाविक भएपनि अप्रिय घना हुनु दुखद भएको धारणा राख्दै पौडेलले जनताको सुझावलाई मनन गरेर उचितता र आवश्यकता हेरेर निर्णय लिईने बताए। यद्यपि उनले ६ प्रदेशमा भने तलमाथि नहुने स्पष्ट पारे। उनले भने–संविधानसभा लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च थलो हो।  भोलीसम्म छलफल सकेर मस्यौदा समितिमा जान्छ। त्यहाँ पनि जनताको सुझावलाई ध्यान दिन्छौ र सकेसम्म सुझावलाई समेट्छौ।

0 comments:

Post a Comment