Tuesday, August 11, 2015

चाया बाट छुट्कारा पाउनका लागि अपनाउनुहोस यस्ता सजिला उपाय


२७ साउन । के तपाई चाया को समस्याले गर्दा तनावमा हुनुहुन्छ ? चाया सरुवा रोग होइन । चायाको समस्या देखिने दर हाम्रो मुलुकमा भने अझ बढी छ । चिकित्सा तथ्यपत्र अनुसार, सेतो धूलोको कणजस्तै देखिने चाया एक प्रकारको निर्जीव छाला हो, जुन कपालको जरो छेउछाउ जम्मा हुन्छ । चाया बढ्दै जाँदा टाउको चिलाउने, छालामा खटिरा/बिमिरा देखिने, छाला सुन्निनेजस्ता समस्या देखिन थाल्छन् । चायाले अनुहार, आँखीभौं, परेला, कानको पछाडिसमेत जम्मा भएर ‘सिबोरिक डर्माटाइटिस’ को रूपसमेत लिने गर्छ । चाया सबै मौसममा हुने गर्छ, जाडो याममा अलिक बढी चाहिँ अवश्य हुन्छ । त्यसैले हिउँद लागेपछि कपाललाई विशेष हेरचाह अत्यावश्यक हुन्छ ।



चायाबाट बच्ने केहि उपायहरु :
१) कपाल सुकाउँ :
चाया पर्दा कपाल रुखो हुन्छ । त्यसैले, कपाल धोएर सुकाउँदा सकेसम्म कुल ड्रायर चिसो हावा प्रयोग गर्ने । यसपछि कपाल कोर्दा ठूलो दाँत भएको काइँयो प्रयोग गर्ने ।

२) दही र कागतीको प्रयोग :
चायाबाट मुक्तिको लागि दही र कागतीको रस मिलाएर कपालमा लगाउनुस्। आधा घन्टापछि कपाल पखाल्नुस्। यसो गर्दा चाया कम हुदै जान्छ ।

३) तनाव ब्यबस्थापन :
तनावले स्वास्थ्यलाई अझ बढी नबिगार्ने स्वास्थ्य अबस्था कतै हुन्छ ? तपाई आफनु स्वास्थ्यमा सुधार गर्न लाग्नु भएकाबेला तपाईँ कस्तो अबस्थाको सामना गर्दै हुनुहुन्छ भन्ने कुरा भनिरहनु पर्दैन । तपाईँलाई तनाव कम गर्ने सल्लाह दिइन्छ । यो चायाको समस्या पनि त्यो भन्दा फरक छैन । औषधीविज्ञहरु तनावले यो अबस्थालाई अझ बढी चर्काउँछ भन्ने कुरामा विश्वास गर्छन् ।

४) ‘हेयर स्पा ट्रिटमेन्ट’ :
चायाग्रस्त रुखो कपालको सुरक्षाका लागि सातामा एक पटक ‘हेयर स्पा ट्रिटमेन्ट’ गर्ने । यसबाट टाउकाको छालासँग जोडिएको चाया पर्ने, कपाल झर्ने, टाउकाको छाला सुक्खा हुने र कपाल दुईमुख हुनेजस्ता समस्या समाधान हुन्छन् । साथै, कपाल चम्किलो र स्वस्थ पनि हुन्छ । ‘हेयर स्पा ट्रिटमेन्ट’ ले टाउकाको रक्तसञ्चार पनि ठीक गराउँछ ।

५) भोजनमा फेरबदल :
स्वस्थ छाला र कपालका लागि भोजनको भूमिकाका बारेमा धेरै पहिलेदेखि थाहा पाइएको छ । जब चाया देखा पर्छ, सामान्यतया जिंक, ओमेगा ३ चिल्लो एसिड, सेलेनियम, अनि बी भिटामिन भएका खानाहरु फाइदाजनक हुन्छन् ।यदि तपाईँ आफ्ना भोजनमा यी कुराहरुलाई संगठित गर्ने प्रयास गर्नुहुन्छ भने चाया को समस्या पनि धेरै कम हुन्छ ।



0 comments:

Post a Comment