मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले हिंसात्मक प्रदर्शन भइरहेको ठाउँलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सरकारले सेना परिचालन गरेकोमा भत्र्सना गरेको छ । वैद्यले विज्ञप्ति जारी गर्दै सेना परिचालन गर्नु जनअधिकारलाई कुल्चने तथा जनतामाथि दमन अभियान चलाउने निर्लज्ज तानाशाही कदम भएको आरोप लगाउनुभएको छ ।समस्याका समाधान सेना परिचालन गर्नु गतल भएको बैद्यको विज्ञप्तिमा उल्लेख छ । उहाँले संविधानसभा–२ मार्फत संविधान बनाउने प्रक्रियालाई तुरुन्त रोकी संविधानसभाभित्र तथा बाहिरका राजनीतिक दल र सम्बन्धित सबै सरोकारवाला आन्दोलनरत शक्तिहरूसित अविलम्ब संवाद थाल्न आग्रह पनि गर्नुभएको छ ।
उहाँले संवादबाटै समस्याको राजनीतिक समाधान खोज्नका लागि आफ्नो पार्टी सरकार र सम्बन्धित सबै राजनीतिक दलहरूसित विशेष अनुरोध तथा आह्वान पनि गर्नुभएको छ ।
तीन दलीय गठबन्धनद्वारा तयार पारिएको संविधानको मस्यौदा र सीमांकन प्रस्तावको विरोधमा देशव्यापी रुपमा नागरिक सडकमा उत्रिएको उहाँको दावी छ । कैलाली, बर्दिया, रुकुम, रौतहट, सर्लाही, सप्तरी लगायतका जिल्लाहरूमा शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्ने काम भएको वैद्यको दावी छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment