Sunday, August 2, 2015

बाबुराम किन प्रचण्डको बागी भए ?


काठमाडौं – एमाओवादी नेता डा. बाबुराम भट्टराई एकाएक किन पार्टीभित्रै बागी बने ? यो प्रश्न अहिले पनि उठेको छ । स्रोतका अनुसार प्रचण्ड आगामी माघमा नेतृत्वबाट बिदा हुने र आफूलाई अध्यक्ष बनाउने सहमतिबाट पछि हट्न लागेपछि उनीमाथि दबाब पार्न बाबुरामले समानान्तर गतिविधि र नयाँ शक्तिको अभ्यास गरेका हुन् । यसअघि प्रचण्ड र बाबुरामबीच युद्धविराम हुँदा प्रचण्डले आगामी माघभित्रमा विशेष महाधिवेशन गरेर कार्यकारी नेतृत्वबाट बिदा हुने सहमति भएको थियो । तर, सो सहमतिप्रति उतिबेलै प्रचण्डनिकटस्थहरुले आपत्ति जनाइसकेका थिए । बाबुराम आगमी माघबाट एमाओवादीको अध्यक्ष बन्न पाइने भएपछि यसबीचमा प्रचण्डसँगै बिलीन भएका थिए । बरु नारायाणकाजी श्रेष्ठ असन्तुष्ट भएर फरक विचार राख्दै आएका थिए । आजको साँघु साप्ताहिकमा खबर छ ।

0 comments:

Post a Comment