Sunday, August 23, 2015

को थिए ‘कुमार घैंटे’, किन भइरहेको छ चर्चा ? (भिडियो हेर्नुहोस)


काठमाडौं, भदौ ७ । ‘गुन्डा नाइके’ भनेर चिनिएका कुमार श्रेष्ठ ‘घैटे’ प्रहरीको मुठभेडमा मारिएको घटनाले यतिबेला सर्बत्र चर्चा पाइरहेको छ । गत बिहीबार विहान ११ बजेतिर काठमाडौंको कपुरधारामा घैटे मारिएपछि कतिपयले प्रहरीको ‘बहादुरी’लाई प्रशंसा गरिरहेका छन भने कतिले घटनाको चर्को विरोध गरिरहेका छन । प्रहरीको ‘मस्ट वान्टेड’को सूचीमा रहेका घैटेलाई नियमिति सर्च अभियानका क्रममा मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिएका छन । नियमित सर्चका क्रममा कुमार घैंटेको टोलीले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा मृत्यु भएको उनको दाबी छ । नेपाली कांग्रेससँग आबद्ध घैंटेको प्रहरीले घरभित्रै गएर ‘हत्या’ गरेको भन्दै केही कांग्रेस सभासदहरुले चर्को विरोध गरिरहेका छन । घटनाको छानविन गर्न सभासद्हरुले माग गरिरहेका छन । आखिर, घैैटेको विषयमा भइरहेको चर्चा अर्थात टिकाटिप्पणी र उनको विगतको गतिविधीलाई समेटेर ईमेज च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘भण्डाफोर डटकम’ले एक रिपोर्ट तयार पारेको छ । - इमेज च्यानेल बाट

0 comments:

Post a Comment